१२ कार्तिक २०७४, आईतवार

रिया भण्डारी

खानपान तथा जीवन शैली परिवर्तन हुँदा महिलाहरुमा बाँझोपन बढ्न थालेको तथ्यांकले देखाएको छ । ढिलो विवाह गर्ने,प्रविधि अनुसार बदलिँदो जीवनशैली, खानपानमा अत्याधिक विषादी र विवाह पहिला नै हुने शारीरिक सम्वन्धमा प्रयोग हुने गर्भनिरोधक औषधि सेवन जस्ता कारणहरुबाट महिलाहरुमा बाँझोपन बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

दैनिक अस्पताल पुग्नेहरु मध्ये १५ प्रतिशतमा बाँझोपनको समस्या भएको चिकित्सकहरु बताउछन् । महिलाहरुमा ढिलो बिबाह गर्ने, बिभिन्न औषधिको प्रयोग गर्ने, असुरक्षित गर्भपतन र पाठेघर संक्रमण बाँझोपनको प्रमुख कारण भएको चिकित्सकको भनाइ छ । पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्यूबमा संक्रमण गराउँछ। ट्यूवमा संक्रमण भएपछि ट्यूब व्लक हुन्छ। ट्यूब व्लक हुनेबित्तिकै बच्चा बस्दैन।

त्यसो त अध्ययनअनुसार बाँझोपनको ३५ प्रतिशत कारणहरु महिलामा र ३५ प्रतिशत नै कारण पुरुषमा पाइएको छ । बाँकी ३० प्रतिशत कारण महिला–पुरुष दुवै (दम्पती)मा वा कारण नै पत्ता नलागेको स्थिति छ । गर्भ्निरोधक कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार दुई वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थामा बाँझोपन भएको हुन् सक्छ ।

त्यसो त शहरी क्षेत्रमा ढिलो बिबाह गर्ने ,कम बच्चा जन्माउने कारण जनसंख्या घट्ने अवस्थामा रहेको स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा जागेश्वर गौतम बाताउनु हुन्छ । बाँझोपनबाट बच्न सकेसम्म २० देखि ३० वर्षको उमेर भित्र बच्चा जन्माउने योजना बनाउने, पहिलो बच्चा नभएकाले अस्थायी साधनको प्रयोग गर्दा बिचार पुर्याउन चिकित्सकको सुझाब छ । त्यस्तै धेरैपटक गर्भनिरोधक औषधिको प्रयोग नगर्ने साथै असुरक्षित गर्भपतन पनि नगराउने र तौललाई नियन्त्रणमा राख्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV