१२ कार्तिक २०७४, आईतवार

सिरहा । कर्जन्हा नगरपालिका-२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न आरोपमा पक्राउ परेकी उनकी दिदीले प्रहरीले सार्वजनिक गरेको पाँच घण्टा नबित्दै हिरासतमै आत्महत्या गरेकी छन् । १६ वर्षीया प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममा आइतबार साँझ आत्महत्या गरेकी हुन् ।

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार हिरासत कक्षबाट सेन्ट्रीलाई भनेर नुहाउन बाथरुम छिरेकी उनी ननिस्किएपछि खोजी गर्दा भेन्टीलेसनको ग्रिलमा सलले झुण्डिएको अवस्थामा अपराह्न साढे चार बजेतिर मृत अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बालक हत्यामा संलग्न आरोपमा धनुषा धनौजीकट्टी-५ का १४ वर्षीय सञ्जयकुमार साह र सिरहा कर्जन्हा-२ की १६ वर्षीया प्रयंका यादवलाई आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनपछि मिर्चैया प्रहरी कार्यालयमा ठाउँ नभएपछि प्रियंकालाई विष्णुपुरस्थित प्रहरी कार्यालयमा लगिएको थियो ।

यो पनि पढ्नुहोस

यौन सम्पर्कको रहस्य लुकाउन आफ्नै भाइको हत्या

प्रतिक्रिया दिनुहोस्
LIVE TV