१२ कार्तिक २०७४, आईतवार

प्रियालक्ष्मी कार्की

काठमाडौं । राजधानीमा १८ बर्ष मुनिको प्रथम प्याब्सन राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुद मानिसका लागि सवैभन्दा ठूलो शिक्षा भएको बताउनु भयो ।

राजधानीको बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको १८ बर्ष मुनिको प्रथम प्याब्सन राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्ने क्रममा मन्त्रीले खेलकुद अपरिहार्य रहेको प्रष्ट पार्नुभएको छ । साथै मन्त्री केसीले नेपाललमा खेलकुद मन्त्रालय भएकोेले यसको मध्यनजर गर्दै र उचित माध्यमबाट भरपुर प्रयोग गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभयो ।

नेपाल विद्यालय भलिबल कमिशनको आयोजनामा सुरु भएको प्रतियोगितामा देशैभरबाट महिलातर्फ १६ र पूरुषतर्फ २३ गरी ३९ विद्यायलको सहभागिता रहेको छ । ३९ टिमबाट करिब ६ सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाईरहेका छन् । यहि प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि समेत खेलाडीहरु छानिने छन् ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले समान १–१ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष दुवै खेलाडीले समान ५–५ हजार प्राप्त गर्नेछन् भने हरेक विधाका उत्कृष्टतर्फ बेस्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र डिफेन्सले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको लागत १३ लाख ५० हजार रहेको छ । प्रतियोगिता १८ गते सम्म चल्नेछ ।

LIVE TV