१२ कार्तिक २०७४, आईतवार

राजविराजबाट काठमाडौँ जाँदै गरेको बस शनिबार त्रिशूली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका झन्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आज शोक मनाउने भएका छन् ।

सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिनुभयो । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग शनिबार साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताउनुभयो । दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV