१२ कार्तिक २०७४, आईतवार

सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोटमा ३५० जना मारिएको दुई हप्तापछि भएको दुई नयाँ विस्फोटमा कम्तीमा १७जना मारिएका छन्।
पहिलो विस्फोट एउटा होटलमा कार बम लगेर गरिएको थियो। त्यसपछि लडाकुहरुले उक्त भवनमाथि हमला गरेका थिए।
दोश्रो विस्फोट पूर्व संसद् भवन नजिकै गरिएको थियो।
इस्लामवादी लडाकु समुह अल-शबाबले उक्त आक्रमणको जिम्मा लिएको छ।
निशाना
दुई हप्ता अगाडिको आक्रमण पनि अल-शबाबले गराएको आरोप सरकारी अधिकारीले लगाएका थिए जुन उसले अस्वीकार गरेको थियो।
मोगादिशु
अल- शबाबले सुरक्षा अधिकारीहरु र नेताहरु गइरहने ठाउँलाई निशाना बनाइएको बताएको छ।
प्रान्तीय नेताहरु मोगादिशुमा अल शबाब विरुद्ध रणनीति बनाउन जम्मा भएको समय पारेर विस्फोट गराइएको छ।
रात परेपछि होटलमा गोली हानेको सुनिएको थियो र होटलको गेटमा विस्फोट भएको थियो।
प्रहरी अधिकारी इब्राहिम मोहम्मदले एएफपी समाचार एजेन्सीलाई भने अनुसार दोश्रो विस्फोट गर्न मिनिबस भरी विस्फोटक पदार्थ भरेर ल्याइएको थियो जुन चौबाटोमा विस्फोट भएको थियो। मारिएका सत्रजनामध्ये धेरैजसो सर्वसाधारण थिए।
कैयौं मानिस घाइते भएका छन्।
१४ अक्टोबरको आक्रमणमा ३५८ मारिएका थिए र ५६ जना अहिले पनि हराइरहेका छन्। -बिबिसी

प्रतिक्रिया दिनुहोस्
LIVE TV