११ कार्तिक २०७४, शनिबार

मोरङ । मोरङको विराटनगरस्थित कारागारका एक कैदीको मृत्यु भएको छ । मोरङको उर्लाबारी ६ बस्ने ५७ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुको रोगबाट पीडित उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हो । उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको बताइएको छ । उक्त कारागारमा सो रोगबाट यसअघि पनि कैदी बन्दीको मृत्यु भएको थियो ।

दर्जी लगायत केही कैदी विरामी रहेको न्युज शुक्रबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो । क्षमता भन्दा बढी कैदीबन्दी भएको जिल्ला कारागार मोरङमा ४२ जना कैदिवन्दीहरु मानसिक रोगी भेटिएका छन् । ३ सय ५० कैदी बन्दीको क्षमता रहेको सो कारागारमा ७ सय ४५ जना कैदी बन्दीहरु रहेका छन् ।

कैदीहरुलाई खान बस्नका लागि उपयुक्त भए पनि हिडडुल गर्नका लागि कारागारमा उपयुक्त स्थान नभएको कारागारले जनाएको छ । यस अघि मोरङ कारागारमा एक महिनामा २ जना कैदी बन्दीको मृत्यु भईसकेको छ ।

 

LIVE TV