११ कार्तिक २०७४, शनिबार

मोरङ ।  आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, भयरहित र धाँधलीरहित रुपमा सम्पन्न गर्न मोरङमा जिल्ला स्तरीय सर्वदलीय छलफल गरिएको छ ।

शनिवार विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा निर्वाचन तयारी, आचारसंहिता र राजनीतिक दलहरुको भूमिका बारे छलफल गरिएको थियो ।

उपस्थित दलका प्रतिनिधिहरुले आचारसंहिता उल्लङघनका उजुरीहरु परे पनि निर्वाचन आयोगबाट कुनै कारवाही नभएको आरोप लगाएका छन् । उनीहरुले निर्वाचनमा सहभागी सवै दलहरुले आचारसंहिताको पालना गर्न नसके स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने भएकाले कडाई गर्न निर्वाचन आयोग समक्ष माग समेत गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सम्पन्न सो छलफल कार्यक्रममा मोरङका ६ वटै निर्वाचन अधिकृतहरु, राजनीतिक दलका प्रतिनिधिहरु, निर्वाचनमा खटिएका कर्मचारीहरुका साथै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV