११ कार्तिक २०७४, शनिबार

काठमाडौं। टेलिफोनमा कुरा गरेको अवधिकोमात्र शुल्क तिर्नुपर्ने बाध्यत्मक नियमबाट नियमक निकाय नेपाल दूरसंचार प्राधिकरण पछाडि हटेको छ। सेवाप्रदायकहरुको दबाबमा प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पल्स रेटसम्बन्धि नयाँ व्यवस्था लागू गर्ने निर्णय स्थगित गरेका छन्।

प्रधिकरणले यसअघि विभिन्न चरणमा गरी जति कुरा गरेको हो त्यति समयकोमात्र शुल्क लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको थियो,। जसअनुसार पहिलो चरणमा पिएसटिएनमा ६० सेकेन्ड, मोबाइलमा १० सेकेन्ड र अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्ड पल्स तोकेको थियो। जसअनुसार एक सेकेन्ड कुरा गरेपनि तोकिएको सेकेन्डको शुल्क लिन पाउथे सेवाप्रदायकले।

दोस्रो चरणमा प्राधिकरणले मोबाइलमा १ सेकेन्ड न्यूनतम अवधि निर्धारण गर्ने तयारी गरेको थियो तर उक्त निर्णयबाट प्राधिकरण पछि हटेपछि तत्काल नयाँ व्यवस्था लागू नहुने भएको हो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV