११ कार्तिक २०७४, शनिबार

धादिङ । राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङको गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको छ। ना ६ ख १४६७ नम्बरको बस सडकबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

बस र हराइरहेका यात्रु खोज्न प्रहरीले उद्धार कार्य गरिरहेको छ। उद्धार गरिएका घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ। राजविराजबाट यात्रु लिएर आएको बस हेटौंडामा आएर अर्को बसमा यात्रु हालेर पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV