१० कार्तिक २०७४, शुक्रबार

इलाम। संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले)र नेकपा(माओवादी केन्द्रले कमाइ गरी खान वाम गठबन्धन बनाएको बताउनुभएको छ ।

सदरमुकाममा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता राईले वाम गठबन्धन दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो । नेता राईले नेपाली काँग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको समेत औचित्य नरहेको जिकिर गर्दै वाम गठबन्धनबाट त्रसित नहुन काँग्रेससँग आग्रह गर्नुभयो ।
फोरम इलाम नगर समितिको आयोजनामा भएको ‘नेपालको वैचारिक अवधारणा’ विषयको पार्टी प्रशिक्षण कार्यक्रममा नेता राई, उपाध्यक्ष युवाराज कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख सुशीला श्रेष्ठ र केन्द्रीय सदस्य मित्रलाल चापागाईंले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV