१० कार्तिक २०७४, शुक्रबार

काठमाडौँ । यहि कात्तिक १२ गते सोमबारबाट कात्तिक १९ गतेसम्म हुने १८ बर्ष मुनिको प्रथम प्याब्सन राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा आयोजकले जानकारी गराएको छ ।

राजधानी एक कार्यक्रमको आयोजना गर्दै नेपाल विद्यालय भलिबल कमिशनले प्रतियोगिताको जानकारी गराएको हो । सो प्रतियोगितामा देशैभरबाट महिलातर्फ १६ र पूरुषतर्फ २३ गरी ३९ विद्यायलको सहभागिता रहेनेछ । ३९ टिमबाट करिब ६ सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

देशैभरबाट खेलाडी छानिने भएकाले आवश्यकता अनुसार अन्तर्रािष्ट्रय प्रतियोगिताको तालिका हेरेर खेलाडीहरुलाई क्लोज क्याम्पमा राखिने आयोजकले जनाएको छ । प्रतियोगिताको महिला र पूरुष दुवैतर्फको विजेताले समान १–१ लाख प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने दुवै टिमले समान ६०–६० हजार पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष दुवै खेलाडीले समान ५–५ हजार प्राप्त गर्नेछन् भने हरेक विधाका उत्कृष्टतर्फ बेस्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र डिफेन्सले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको लागत १३ लाख ५० हजार रहेको छ । प्रतियोगिताको सबै खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV