१० कार्तिक २०७४, शुक्रबार

काठमाडौँ । एमाले–माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्रलाई अन्तिम रुप दिएको जनाएको छ । सैद्धान्तिक आधारमा विवाद देखिएपनि दुई दलका शीर्ष नेताहरुबीचको छलफल पछि मस्यौदाले अन्तिम रुप पाएको हो ।

एमालेले आफ्नो सैद्धान्तिक आधार जनताको बहुदलीय जनवाद र माओवादीले माओवाद राख्नुपर्ने अडान राखेपछि चुनावी घोषणापत्रको मस्यौदाले अन्तिम रुप लिन सकेको छैन । विवादका केही विषयहरुलाई थाँती राख्दै मस्यौदालाई अन्तिम रुप दिने काम भइरहेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । यस्तै घोषणापत्रमा खासै सैद्धान्तिक विमती नरहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्राविधिक रुपमा मस्यौदालाई अन्तिम रुप दिन एमालेबाट प्रदीप ज्ञवाली र माओवादी केन्द्रबाट विश्वभक्त दुलालले काम थाल्नुभएको बताइएको छ ।

वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्रमा कांग्रेसप्रति आक्रोश व्यक्त गरिएको छ । छिमेकी राष्ट्रहरुसँग निकै लचक देखिएको गठबन्धनले आफ्नो एकताप्रति लोकतन्त्रका लागि अनिष्टका रुपमा टिप्पणी गरेर कांग्रेसले आफ्नो अलोकतान्त्रिक प्रवृत्ति प्रकट गरेको उल्लेख गरेको छ । घोषणापत्रमा कम्युनिष्ट शक्तिहरु विभाजित भइरहे र आफ्नो विजयलाई पन्छाउने काम गरिरहे मात्र नेपालमा लोकतन्त्र हुने नेकाको सोच हदै अलोकतान्त्रिक भएको उल्लेख गरिएको छ ।

एमाले र माओवादी केन्द्रको संघीय निर्वाचन घोषणापत्र २०७४ नाम दिइएको घोषणापत्रको मस्यौदामा छिमेकी मित्रराष्ट्र सहित अन्तर्राष्ट्रिय मित्रहरुले यसलाई नेपालको आन्तरिक एवं लोकतन्त्रको एउटा सामान्य एवं अस्वाभाविक परिघटनाका रुपमा वाहेक अन्यथा लिने छैनन् भन्ने कुरामा नेपाली जनता विश्वस्त रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV