१० कार्तिक २०७४, शुक्रबार

काठमाडौँ । चर्चित हाँस्यकलाकार तथा समाजसेवी  सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले रौतहटको चन्द्रपुर नगरपालिका स्थित  सन्तपुरको एकीकृत नमुना सन्तपुर बस्तीमा घरको निर्माण काम  भैरहेका छन् ।

१५ घरको जग राख्ने काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनले जानकारी दिएको छ । धुर्मुसको जन्मदिनको अवसरमा सिलान्यास गरी काम सुरु गरिएको बस्ती १ महिना नबित्दै जग्गा सम्याउने र पर्खाल लगाउने काम सकेर जगको काम समेत शुरु भइसकेको हो ।

नमुना बस्ती ५ करोड ७५ लाख लगानीमा निर्माण गर्ने लक्षका साथ काम थालिएको छ । बस्तिका लागि आवश्यक पर्ने सम्पुर्ण रकम सहयोगी मनहरुबाट संकलन भइरहेको फाउण्डेशनले जानकारी दिएको छ । फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीका अनुसार फाउण्डेशनलाई बस्ती निर्माणका लागि करिव २ करोड सहयोग संकलन भएको र ३ करोडको हाराहारीमा सहयोग संकलन हुन बाँकी छ ।

माघ २४ गते बस्ती हस्तान्तरण गर्ने उद्धेश्यका साथ काम अघि बढाएपनि अझै धेरै सहयोग संकलन हुन बाँकी रहेको फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरेले जानकारी दिइन् ।

र बस्तीमा ५० वटा आवासीय घरहरु सहित एउटा सामुदायिक भवन, सार्बजनिक धाराहरु, सौचालय, मन्दिर, बस्ती अवलोकनका लागि भ्यु टावर सहितको कम्पाउण्डले घेरिएको एउटा अर्थपूर्ण बस्ती बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV