१० कार्तिक २०७४, शुक्रबार

बुचारेष्ट। रोमानियाका राष्ट्रपति क्लाउस इओहान्नीसले रोमानियालाई कृषिमा केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कृषि तर्फ धेरै काम गर्न सकिने संभावना हुदाँ हुदै पनि नभएको भन्दै उहाँले युरोपकै ठुलो कृषि केन्द्र बन्न सक्ने बताउनु भयो ।

“कृषिको र खाद्य बस्तुको राम्रो केन्द्रको रुपमा देशलाई विकास गर्न हामीसँग सवै कुरा छन्, हामीले निकै ढिला गरिरहेका छौं, यसलाई तिव्रता दिनु आवश्यक छ,” उहाँले बिहीबार आयोजित एक कार्यक्रममा भन्नुभयो ।

पुर्वी युरोपीयनकै सवै भन्दा ठुलो बार्षिक कृषी व्यापार मेलाको उद्घाटन कार्यक्रममा राष्ट्रपतिले यस्तो बताउनु भएको हो ।

गहुँ र मकै निर्यात गर्ने देशहरु मध्ये रोमानिया मुख्य दश देश भित्रमा पर्ने र कृषि क्षेत्रको हिसावले रोमानिया छैठौं देशमा पर्ने उहाँले जानकारी दिनुभयो ।

LIVE TV