१० कार्तिक २०७४, शुक्रबार

काबुल । अफगानिस्तानमा पछिल्लो पटक भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५ जना लडाकू मारिएका छन् । देशभरी विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीका क्रममा ती जडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

घटनामा परी अन्य आठ जना घाइते भएका छन् भने ११ जना सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् । गत चौबिस घण्टामा सुरक्षाकर्मीले आतंकबादीबाट केही विस्फोटक पदार्थ र हातहतियारसमेत नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ ।

अफगानिस्तानमा तालिबान नेतृत्वको हिंसा लामो समयदेखि जारी रहेकोले सरकारी सुरक्षा निकायले उनीहरु विरुद्धको सुरक्षा कारबाही पनि तीव्र पारेको जनाइएको छ ।

LIVE TV