१० कार्तिक २०७४, शुक्रबार

म्याग्दी । म्याग्दी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको मध्यपहाडमा अवस्थित जिल्ला हो।अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीय गाउँ घोरेपानीबाट देखिएको धौलागिरी हिमाल ।

पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा बागलुङ, डोल्पा र रुकुम जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बागलुङ जिल्लाले घेरिएको म्याग्दी जिल्ला ८३º०८” देखि ८३º५३” पूर्वि देशान्तर र २८º२०” देखि २८º४७” उत्तरी अक्षांस अन्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ। यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर (२,२९,७०६ हे.) रहेको छ।

तस्बिर :कमल खत्री, म्याग्दी, रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV