१० कार्तिक २०७४, शुक्रबार

 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ । कुल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।

विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न निर्देशक कुलमान घिसिङ, प्रवक्ता प्रवल अधिकारी सहितको टोली शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेको छ । टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत् आयात हुँदा सुक्खायाममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ ।

कुलमानको टोलीले यसअघि एलइडि बल्ब खरिद गरी नेपाली बजारमा बाँड्ने प्रक्रिया अगाडि बढाएको थियो । तर सो प्रक्रिया विवादमा आएपछि स्थागित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV