१० कार्तिक २०७४, शुक्रबार

झापा । ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या प्रकरणलाई लिएर उत्पन्न घटनाले विर्तामोड तनाबग्रस्त भएको छ ।

दशैंको टिकाको दिन रहस्यमय ढंगबाट हत्या गरिएका बालक सिवाकोटीको आफन्तले प्रहरी प्रशासनमा धर्ना दिएका थिए ।अर्जुनधारा ११ का ११ बर्षीय लक्ष्मण शिवाकोटीको शब टिकाको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो ।

फेला परेसँगै शंका लागि मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले बिर्तामोड ५ का शुरेस पोखरेल लगायत आठ जनाबिरुद्धे हत्यामा संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएका थिए ।

बच्चा हत्यारा पहिचान गरी किटानी जाहेरी दिईएको लामो समय हँदा पनि प्रहरीले दोषीउपर कुनै कानूनी प्रक्रिया अघी नबढाएको र हत्यारालाई उम्काउन खोजेको भन्दै परिवार र आफन्तले विर्तामोडमा प्रदर्शन गरेकामा प्रहरीले हस्तक्षेप गरी दर्जनौं राउण्ड गोली तथा अश्रु ग्याँस प्रहार गरी दमन गर्न खोजेपछी हाल त्यहाँको स्थीती तनावग्रस्त छ ।

 

LIVE TV