१० कार्तिक २०७४, शुक्रबार

दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा रहेको चलचित्र ‘हुर्रे’ का सह निर्माता अरुण सेढाई रहेको चलचित्रको पोष्टरमा अभिनेता अनुपबिक्रम शाही फरक गेटअपमा रहेको पोष्टर सार्वजनिक भएको छ।

केहि समयदेखि चलचित्र करियर खतरामा रहेको भन्दै अनुपको बारेमा समाचार बाहिर आएपनी उनले एकपछि अर्को चलचित्रमा अनुबन्धित भएको खबर समेत बाहिर आईरहेको छ ।अनुपले अभिनय गरेका कुनैपनी चलचित्रले उल्लेख्य रूपमा सफलता नपाएको देख्न सकिन्छ ।

उनी पनि आफ्नो चलचित्र करियरलाई लिएर अलि चिन्तामा रहे पनि एकपछि अर्को चलचित्र गरिरहेका छ्न । फेरि एक पल्ट अनुप हुर्रे चलचित्रमा फरक चरीत्र संगै गेटपमा देखिएका छन् । उनी संगै चलचित्रका अर्का मुख्य कलाकार बिजय बराललाई देखाईएको छ।

आफ्ना प्रत्येक चलचित्रमा फरक भुमिकामा देखिदै आएका अनुपलाई नयाँ चलचित्र हुर्रेको पोष्टरमा पनि केहि फरक रुपमा अर्थात पण्डितको रूपमा देखिएका छन । चलचित्रमा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको चलचित्रमा यम थापाको लेखन तथा निर्देशन रहेको छ।

चलचित्रमा मुख्य दुई अभिनेता अनुपविक्रम शाही र विजय बरालको जोडीलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । कमेडी शैलीको चलचित्र हुर्रेमा अनुपबिक्रम शाही र विजय बरालका साथै अहिलेकी चर्चित अभिनेत्री केकी अधिकारि, अंकित खड्का, संगीता थापा र प्रकाश घिमिरे लगायतको नयाँ पुराना कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र यही बर्षको फागुन २५ गतेबाट देशभर रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV