सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने गर्दछ । राती ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनभित्र प्राप्त हुने गर्दछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्विकृत वि.सं २०७४ का लागि प्रकाशित सिद्धि–पञ्चाङ्ग नामक पुस्तकमा विभिन्न प्रकारका सपनाको फलबारे जानकारी दिएको छ । जुन यसप्रकार छन् :
स्वप्न फल
खुल्ला ढोका देखेमा- मित्रतामा वृद्धि
ऊँट देखेमा- धन प्राप्ति
ओछ्यान लाएको देखेमा- दीर्घायु र सुख प्राप्ति
कपास देखेमा- अरोग्यता
किला ठोकेको देखेमा- बुढो मान्छेबाट लाभ
घर बनाएको देखेमा- प्रसिद्धि प्राप्ति
औंठी लगाएको देखेमा-धनलाभ र प्रसन्नता
कपाल देखेमा- धनलाभ
घोडा देखेमा- संकट नाश
कपाल कोरेको देखेमा- ऋणबाट मुक्त
बाली उठाएको देखेमा- अवैध धन प्राप्ति
घोडा चढेको देखेमा- ठूलो पद पाउनु
भर्याङ देखेमा- सुख सम्पत्तिमा वृद्धि
ओढ्ने कम्बल देखेमा- बदनाम हुनु
रातो फूल देखेमा- भाग्योदय
कोइला देखेमा- झगडा हुनु
आकाश देखेमा- ऐश्वर्य सन्तान लाभ
घाँसको मैदान देखेमा- विद्वता बढ्नु
कुवाको पानी देखेमा- सन्यासी बन्नु
मरेको मान्छेसँग कुरा गरेमा- मनोकांक्षा पुरा हुने
सुपारी खाएमा- रोगबाट मुक्ति
पत्र पढेको देखेमा- नयाँ समाचार
बजार देखेमा- दरिद्र हट्ने
गाइ देखेमा- लाभ
सेतो फूल देखेमा- दुःख हट्ने
बादल देखेमा- चिन्ता
शव देखेमा- रोगबाट मुक्ति