९ कार्तिक २०७४, बिहीबार

दीपक भट्ट

रामेछापका राजनीतिक दलहरुले आगामी मंसिर १० गते हुने निर्वाचनलाई निष्पक्ष र धाँधलीरहितरुपमा संम्पन्न गर्न निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसहिंतालाई अक्षरस पालना गर्ने प्रतिवद्धता जनाएका छन् । साना दलले भने निर्वाचनमा ठूला दलले आचारसंहिता उल्लघन गर्ने गरेको भन्दै सबै दललाई आचारसंहित कडाईका साथ लागु गर्न माग गरेपछि ठूला दलहरुको यस्तो प्रतिबद्धता आएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बिहीवार आयोजना गरेको सर्वदलिय र सर्वपक्षीय वैठकमा सहभागी सवै राजनितिक दल र तिनका उम्मेदवारहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । वैठकमा सहभागी भएका राजनितिक दल र तिनका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारहरुले समेत आचारसंहिता सबैका लागि मार्गनिर्देशन भएकाले उक्त मार्गनिर्देशनलाई टेकेर अघि वढ्न सके निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुनेमा दुईमत नहुने धारणा व्यक्त गरेका थिए ।

सर्वदलीय वैठकमा आचांरसहिता हेर्ने जिम्मेवारी पाएका आचारसंहिता अधिकृत रोशन घिमिरेले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र त्यसको संशोधित अंशको वारेमा जानकारी गराएनु भएको थियो । सो अवसरमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले प्रयोग गर्ने यातायातका साधन, आर्थिक हिसावकिताव र निभाउनु पर्ने भूमिकाका वारेमा दलहरुलाई ध्यानाकर्षण गर्नुभएको थियो ।

यस्तै प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले निर्वाचन प्रक्रियाले मात्र लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुग्न सक्ने भन्दै निर्वाचन आचारसंहिता उल्लघंन भएको पाइएमा प्रशासनले कसैलाई पनि नछाड्ने बताउनुभयो । स्थानीय संचारकर्मीले पनि दलहरुले आचासंहिता उल्लघन गर्ने गरेको भन्दै दलहरुलाई आचारसंहिता अक्षरस पालना गर्नु पर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV