९ कार्तिक २०७४, बिहीबार

काठमाडौँ । नेपालको आर्थिक विकास र समृद्धिको लागि युवाहरुलाई सिप र रोजगारी प्रदान गर्न गर्ने निति र वातावरण निर्माण गर्नु पर्ने धारणा बिज्ञहरुको छ । बिभिन्न क्षेत्रका अर्थबिद तथा निजी क्षेत्रका ब्यक्तिहरुले आर्थिक समृद्धिमा सरकारले आवश्यक वातावरण निर्माण गर्नु पर्ने बताएका छन ।

बिहिवार साउती, युके एड, ओडिआईको आयोजनामा सपोंटिङ इकोनोमिक ट्रान्सफरमेसन र आर्थिक विकासको लागि रोजगारी सिर्जना बिषयक कार्यक्रममा अर्थबिद तथा उद्यमी ब्यवसायीहरुले युवालाई सिप, प्रविधि र दक्षताको अभिबृद्धि गरी रोजगारी सिर्जना गर्नु पर्ने धारणा ब्यक्त गरेका हुन ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष स्वार्णिम वाग्लेले नेपालको आर्थिक विकासमा संरचनागत विकास र नयाँ प्रविधिको विकासलाई प्राथामिकता दिएको बताउनु भयो ।  दातृ निकायका प्रतिनिधिहरुले नेपालमा युवा पलायनलाई रोक्न देशभित्रै रोजगारीको वातावरण सिर्जना गर्न कृषिमा आधुनिकरण र उद्यशीलताको विकास गर्न जोड दिएका छन ।

नेपाल उद्योग परिसघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा हाल श्रमजन्य समस्या नभएको हुदाँ सरकारले लगानीमैत्री वातावरणको सुनिश्चता गराउनु पर्ने बताउनु भयो ।  साउथ एशिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड इनभाइरोमेण्टका अध्यक्ष डा पोषराज पाण्डेले नेपालमा युवा उद्यमशीलताको विकास गर्न सकेमा रोजगारी सिर्जना हुन सक्ने बताउनु भयो ।

नेपालमा अझै पनि श्रमलाई सम्मान गर्ने प्रबृत्ति नरहेको गुनासो गदै नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष गणेश निर्राैलाले आइएलओको सिद्धान्त र श्रम कानून पालना  हुनु पर्ने माग गर्नु भयो । महिला उद्यमी महासंघका पुर्व अध्यक्ष रिता भण्डारीले नेपालबाट महिला श्रर्मिकको पलायन रोक्नु पर्ने र महिलालाई देश भित्रै सिप र पुँजी उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

कम्युटर एशोसिएसन अफ नेपाल क्यान महासंघका अध्यक्ष बिनोद ढकालले नेपालको सवै क्षेत्रमा आइटीको प्रयोगलाई अनिवार्य गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा अन्तराष्ट्रिय श्रम संगठनका रिर्चाड हर्वाड, अर्थबिद केशव आचार्य, नेपाल पर्यटन वोडका प्रमुख कार्यकारी अधिकृत दिपक जोशी, उद्योग बाणिज्य महासंघका कृषि उद्यम सेन्टरका कार्यकारी निर्देशक प्रदिप मर्हजनले कृषिको आधुनिकरण र पर्यटनको विकासमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV