९ कार्तिक २०७४, बिहीबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कार्तिक १२ गते ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको छ  । राष्ट्र बैंकले बोलकबोल प्रक्रियामा ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र  जारी गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोल प्रक्रियमा छुट्टाएको छ । नेपाल राष्ट्र बैकका अनुसार ८० प्रतिशत अर्थात ७ अर्ब ८ करोड ८० लाख रुपैयाँ प्रतिस्पर्धीहरुका लागि छुट्टाएको छ भने २० प्रतिशत अर्थात १ अर्ब ७७ करोड २० लाख रुपैयाँ अप्रतिस्पर्धीहरुका लागि छुट्टाएको छ ।

बैंकका अनुसार कुनै पनि बैैंक तथा वित्तीय संस्था, वीमा कम्पनी, गैर बैंक तथा वित्तीय संस्था, अन्य संघ संस्था र नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न पाउने राष्ट्र बैकले जनाएको छ । उक्त ऋणपत्रको व्याजदर भने बोलकबोल प्रक्रियमा निर्धारण हुने बैंकले जनाएको छ । प्रतिस्पर्धीका लागि व्याजदर उल्लेख गर्न आवश्यक रहेको छ भने अप्रतिस्पर्धीका लागि रकममात्र उल्लेख गर्न पर्ने राष्ट्र बैकले जनाएको छ ।

ऋणपत्र खरिद गर्न इच्छुकहरुले कम्तीमा ५० हजार रुपैयाँ बा निष्कासित रकमको नढ्ने गरि ५० हजार रुपैयाँले भाग आउने रकम उल्लेख गर्न सकिने राष्ट्र बैकले जनाएको छ ।  अप्रतिस्र्धीका लागि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीयसंस्थाहरु सहभागि हुन यस ऋणपत्रलाई धितोमा राखी कर्जा पाइने छ भने नेपाल स्टक एक्सचेन्जको दोस्रो बजारमा उक्त ऋणपत्रको कारोबार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV