
- दीपक भट्ट
रामेछाप । खाँडादेवी गाउँपालीका वडा नं ५ भटौली खोलावाट वालुवा लिएर खाँडादेवी तर्फ जादै गरेको बा ३ ख ७७६५ नम्वरको मिनीट्रक विहिवार दिउँसो दुर्घटना हुँदा मिनीट्रकका सहचालक खाँडादेवी गाउँपालीका वडा नं ५ वस्ने वर्ष १५ का संजय श्रेष्ठको मृत्यु भएको छ ।
घर निमार्णको लागि भटौली खोलावाट वालुवा लोड गरी जाँदै गरेको उक्त मिनिट्रक खाँडादेवी गाउँपालीका वडा नं ५ स्थित फुर्के सल्ला खोरेन्डेभिरको उकालोतर्फ जाँदै गरेको सो गाडी अकस्मात ब्रेक फेलभई गाडी व्याक भएको र सोही वेला वालुवा माथी वसेका सहचालक पछाडी हामफाल्दा गाडीले किचेको थियो ।
घाइते संजयलाई स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौं लैजादै गर्दा काभ्रेको भकुन्डेवेसीमा उनको मृत्यु भएको हो । उक्त घटनालाई लिएर प्रहरीले चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार थापाले जानकारी दिए ।