९ कार्तिक २०७४, बिहीबार

रामगोपाल तमखु

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आसन्न निर्वाचनमा आफ्नो पार्टीले कुनै पार्टीसँग ताममेल नगर्ने प्रष्ट पार्नु भएको छ । विहीबार भक्तपुरमा नगरस्तरीय अन्तर विद्यालय खेलकूद प्रतियोगिताको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै बिजुक्छेंले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफूहरुसँग चुनावी तालमेल आउन आग्रह गरे पनि आफ्नो पार्टी एक्लै दुबै तहको निर्वाचन लड्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

पुँजीवादी पार्टीका क्रियाकलापलाई खण्डन गर्दै नेमकिपा प्रदेश र संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग निर्वाचन तालमेल नगर्ने अध्यक्ष विजुक्छेको भनाई थियो । थ्रेस होल्डको विरोध गर्दै उहाँले राष्ट्रिय हितका बारेमा आफ्नो बहश छलफल गर्दै आएकाले सधै आफ्नो पार्टी राष्ट्रिय पार्टी भएको दाबी गर्नुभयो ।  केही दिनअघि नेपाली कंग्रेसका नेता विमलेन्द्र निधिले विजुक्छें निवास पुगेर लोकतान्त्रिक गठबन्धनमा नेमकिपालाई आउन आग्रह गर्नुभएको थियो । त्यस क्रममा कांगे्रसले भक्तपुरका क्षेत्र नम्वर २ र चाँगु नारायण नगरपालिका मागेको जानकारी अध्यक्ष विजुक्छेले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV