९ कार्तिक २०७४, बिहीबार

काठमाडौँ । विश्वपावरलिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ । प्रतियोगितामा सहभागी हुन गएका बाबु छोरा दुवैले उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्दै ईतिहास रच्न सपल भएका हुन् ।

भारतको दिल्लीमा जारी विश्व पावरलिफिटिङ प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मीले मास्टर तर्फ रजत पदक हात पार्दा पहिलो पटक प्रतियोगितामा सहभागी भएका छोरा रोजिन नकर्मीले सव जुनियर १९ बर्ष मुनिमा काश्य पदक प्राप्त गर्न सफल भए ।

यस अघि १९१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । २०१४ मा दिल्लीमा नै भएको सोही प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV