९ कार्तिक २०७४, बिहीबार

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट असाधारण उचाई पाएको भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बधाई दिएका छन् । राष्ट्रपति ट्रम्पले बधाई दिंदै उत्तर कोरिया समस्याबारे समेत छलफल गरेको बताइएको छ ।

स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाएका छन् । उनको नाम र उनका सिद्धान्तहरु संविधानमा लेखिएका छन् । गत जुलाईमा जी–ट्वान्टी सम्मेलनमा भेट भएपछि अब अर्को महिना चीनमा हुने राजकीय भ्रमणका बेला दुवै नेताहरुले वार्ता गर्नेछन् ।

ट्रम्पसँगको टेलिफोन संवादमा सिले अमेरिकी राष्ट्रपतिसँग चीन–अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त रुपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीन अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । जसको सबैभन्दा ठूलो व्यापारिक साझेदारी पनि अमेरिकासँग नै छ । यद्धपी, साउथ चाइना सी र इस्ट चाइना सीबारे बेइजिङ र इस्ट सीमा रहेका वासिङ्टनका समर्थकको क्षेत्रीय विवादका कारण यी दुई देशबीचको सम्बन्ध भने तनावपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV