९ कार्तिक २०७४, बिहीबार

नवलपरासी, ९ कात्तिक (रासस) : स्थानीय तहको दोस्रो चरणको निर्वाचन क्रममा नवलपरासीमा अज्ञात समूहको बम विष्फोटनबाट घाइते भई उपचारार्थ एक जनाको मृत्यु भएको छ ।

निर्वाचन प्रक्रियाको क्रममा नेकपा (माओवादी केन्द्र) सुनवल नगर कमिटीको आयोजनामा असार ११ गते निकालिएको ¥यालीमा अज्ञात समूहद्वारा गराइएको बम विष्फोटबाट भागदौडका क्रममा घाइते हुनुभएका ४० वर्षीय लेखनाथ सुवेदीको हालै उपचार क्रममा मत्यु भएको हो ।

सुनवल नगरपालिका–१० खकरीबारी बस्ने ४० वर्षीय सुवेदी भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नगर संयोजक सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV