९ कार्तिक २०७४, बिहीबार

०९ कार्तिक,२०७४

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ जहाजमध्ये बाँकी दुई थान चिनियाँ जहाज ल्याउने कामको सुरुवात गरेको छ ।

दुर्गम क्षेत्रको उडानका लागि ल्याईएको भएपनि सुगममा जहाज उडाउन पर्ने बाध्यता रहेको र स्पेयर्स पार्ट्स सँधै अभाव खेपिरहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई विगत पाँच वर्षदेखि हम्मे पर्दै आएतापनि मन्त्रिपरिषद्ले निर्णय गर्न नमानेपछि पुनः निगम व्यवस्थापले बाँकी चार थान जहाज ल्याउने निर्णय गरेको थियो । चार थानमध्ये दुई थान जहाज गत वर्ष नै नेपाल ल्याइएको छ । चार वर्ष अगाडि नै चीनले एक एमए–६० र एक वटा वाई–१२ ई जहाज अनुदानमा दिएको थियो ।

चिनियाँ पक्षले मागमा सकारात्मक भएको बताउँदै आए पनि ठोस उपलब्धी भने हालसम्म नभएको निगमको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस्
LIVE TV