९ कार्तिक २०७४, बिहीबार

नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवाका दुईजना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । सिआइबीले काठमाडौं–२७ का पुरुषोत्तमधर तुलाधार र कास्की सराङकोट–२ का राम ढकाललाई बुधबार पक्राउ गरेको हो । उनीहरू दुवै बिटसेवा प्रालिका सञ्चालक रहेको सिआइबी स्रोतले जनाएको छ । बिटसेवा सञ्चालन गर्ने अन्य दुईजना भने फरार छन् ।

सिआइबीले उनीहरूलाई एक महिनादेखि खोजिरहेको थियो । बिटसेवाले बिटक्वाइन तथा अन्य अल्टरनेटिभ क्वाइनहरू इथेरियम, लिटक्वाइन, ड्यासलगायत दर्जनौँ क्रिप्टोकरेन्सीको एक्सचेन्ज सेवा प्रदान गरिरहेको थियो । बिटसेवाले क्वाइनहरूको किनबेचमा १ प्रतिशत कमिसन लिने गरेको थियो । सिआइबीले गत २० असोजमा अवैध क्रिप्टोकरेन्सीका सातजनालाई पक्राउ गरेपछि बिटसेवाले आफ्नो कारोबार बन्द गरेर सर्भरका तथ्यांकसमेत मेटाएको थियो ।,समाचार  आजको नया पत्रिकामा छापिएको छ ।

‘क’ वर्गको वाणिज्य बैंककै खाता प्रयोग गरेर नेपालमा अवैध बिटक्वाइन कारोबार हुने गरेको खुलेको छ । नेपालमा बिटक्वाइनको आधिकारिक एक्सचेन्ज बिटसेवा प्रालिले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) लगायत केही बैंकमा खाता खोली सो खातामार्फत बिटक्वाइन कारोबार सञ्चालन गरेको खुलेको हो । बिटक्वाइन कारोबारीले नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक), नबिल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, जनता बैंक, मेगा बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकमा रहेको विभिन्न व्यक्तिको खातामार्फत कारोबार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV