८ कार्तिक २०७४, बुधबार

एजेन्सी । नायिका आना शर्मा पहिलो चलचित्र ‘जेरी’मा अनमोल केसीको अपोजिटमा देखिएकी थिइन् । पहिलो चलचित्र सफल भएसँगै उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए ।

आनाले पहिलो चलचित्रबाट सफलता पाइन् ।  दोस्रो चलचित्र ‘ग्याङस्टर ब्लुज’ केही समय अघि रिलिज भएको थियो । त्यसमा भने पहिलो फिल्म जस्तो सफलता मिलेन ।

लगभग  जेरी रिलिज भएको ३ वर्ष पछि आनाको दोस्रो चलचित्र प्रदर्शनमा आएको हो । तर पहिलो चलचित्रबाट आनाले स्टारडम बनाएकी आनालाई दोस्रो चलचित्रले भने राहत दिएन । आना आजकल खाली बसेकी छिन् ।

चलचित्र क्षेत्रबाट गुमनाम सरहनै बसिरहेकी आना  पुन चलचित्रमा देखिन्छन् कि देखिन्न् त्यसको भने केहि खबर छैन ।

स्रोत : सिनेपाटी

प्रतिक्रिया दिनुहोस्
LIVE TV