
पाल्पा। तानसेन नगरपालिका–१४ अर्गलीको और्ब दूध संकलन समूहले दलित समुदायले उत्पादन गरेको दूध मंगलबारबाट लिन थालेको छ ।
अर्गलीमा उत्पादन गरेको दूध डेरीले पहिलो पटक लिन थालेको हो । डेरीले दूध लिन थालेपछि दलित र गैरदलितबीच लामो समयदेखिको विवाद समेत समाधान भएको छ ।
तानसेन नगरपालिका–१४ अर्गलीका तीन घर दलित परिवारले पहिलोपटक दूध डेरीमा बेच्न पाएपछि खुसी भएका छन् । अर्गलीका धनबहादुर बम्रेल, जगतबहादुर विक र कमला विकले डेरीमा दूध पहिलोपटक बेच्न पाएपछि खुसी व्यक्त गर्नुभयो ।
दैनिक झण्डै ३० लिटर दूध दलित समुदायबाट उत्पादन हुँदै आएको छ ।