८ कार्तिक २०७४, बुधबार
  • शरद आचार्य / प्रकाश सिग्देल

चितवन । चितवनमा पहिलो पटक जिल्लालाई नै दृष्टिविहीन मुक्त बनाउने ‘आई क्याम्प फोर चितवन’ अभियान सुरु भएको छ । पटक–पटक नेपाल धुम्न आएकी जर्मनीकी स्वयसेवी काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर–९ को अगुवाईमा यस्तो अभियान सुरु भएको हो ।

‘विना दृष्टि अधुरो सृष्टि’ भन्ने मुल नारासहित पाईलट प्रोजेक्टका रुपमा जिल्लाका आठ ग्रामीण र विकट स्थलहरु ‘आई क्याप फोर चितवन’ अभियान अन्र्तगत बृहत निशुल्क आखाँ शिविर सुरु गरिएको आयोजक संस्था सपोर्ट एण्ड केयर पुनस्थापन केन्द्रका अध्यक्ष राजबन्धु गौतमले बताउनु भयो ।

नेपालका विभिन्न ठाउँहरुमा घुम्न आएको र सो क्रममा सबैभन्दा धेरै चितवनमा आखाँका समस्या भएका विरामीहरु देखेकाले जर्मनमा विभिन्न नागरिकबाट सहयोग तथा विविध च्यारिटि शो गरि संकलन गरिएको रकमबाट शिविर सुरु गरेको जर्मनी स्वयसेवी नागरिक काट्रियको भनाई छ ।

अभियानमा जर्मनी नागरिक काट्रियसगैँ विशेषज्ञसहित १० जनाको टोलीले पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ जिरौना स्थित नगर स्वास्थ्य केन्द्रबाट निशुल्क आखाँ शिविर सुरु गरेका छ ।
रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले आफ्नो आखाँ परिक्षण गराई अभियान सुरु गर्नु भएको हो ।

रत्ननगरको ३ स्थान, भरतपुरमहानगरको १ स्थान, राप्ती नगरपालिकाको एक स्थान, कालिका दुई र माडी नगरपलिकाको एक स्थान गरि ८ स्थान अभियान सुरु गरेको हो । यो अभियानमा ।
शिबिरमा नेशनल आखाँ अस्पताल भरतपुरले पनि सहकार्य गरेको छ ।

अस्पतालको प्राविधिक सहयोग तथा जर्मन नागरिकको आर्थिक सहयोगमा अभियान सुरु गरिएको हो । अभियानले चितवनमा रहेको आँखा रोगीहरुलाई उपचारमा सहयोग तथा आखाँमा लाग्ने रोगको रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV