८ कार्तिक २०७४, बुधबार

काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै आम मतदाताहरु अहिले दलहरुको घोषणापत्रको पखाईमा छन् ।

दलहरुको घोषणापत्र अनुरुप आफनो क्षेत्रबाट चुनिने उम्मेदवारलाई मत खसाल्न आतुर छन् । तर, पटक पटक जनताबाट चुनिएर पनि माखो मार्न नसकेका पात्रहरुलाई के आश गरेर मतदाताले फेरि पनि भोट हाल्छन् भेउ पाउनै मुस्किल छ । नयाँ पात्रलाई जोखिम मोलेर मत खसाल्न अभ्यस्त नभएका आम मतदाताहरुले यो निर्वाचनमा पनि पुरानै पात्रहरुलाई जिताउन कस्सिने देख्दा अब पनि पुरानै ढंगले मुलुक चल्छ भन्ने प्रश्न मूलभुत रुपमा उठ्न थालेको छ । एक

स्थानीय तहको निर्वाचन होस् वा अन्य अहिलेसम्म भएको निर्वाचनलाई हेर्ने हो भने मतदाताहरु पुरानै व्यक्ति र दललाई मत हालेर फैरि एक पटक मौका दिउनत भन्दै पुरानैहरुलाई दया देखाएका छन् । हुन त स्थानीय तह निर्वाचनमा राजनीतिमा छिरेका नयाँ दलहरुलाई मत खसालेर हेरौ नत भन्ने मतदाताहरुले प्रदेश र प्रतिनिधि सभामा पनि सोही स्थितिको पुनरावृत्ति गर्छन् भन्नेमा ढुक्क हुन सकिँदैन । तर, यस अघि २०६८मा भएको निर्वाचनलाई हेर्ने हो भने मतदाताहरु त्यति स्थीर नभएको समेत देखिने गरेका छन् ।

पहिलो दल बनेको माओवादीलाई तेश्रो दल बनाउन पुगेका मतदाताहरुले अबको प्रदेश र प्रतिनिधि सभामा पनि पार्टी भन्दा व्यक्ति प्रदान भएमात्र राजनीतिक दृश्य परिवर्तन हुन सक्ने देखिन्छ । तर, जति सुकै गलत काम गरेको किन नहोस् नयाँ दललाई रोज्न अल्छी देखिएका मतदाताहरु अन्त्यमा आफुले खसालेको मतको कदर नभएकोमा त्यति खुसी देखिदैनन् । त्यसैले अब बेला आएको छ, मतदाताहरुले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका दलहरुलाई समेत मत दिएर हेर्न सक्छन् वा पुरानै व्यक्ति जसलाई चुनेर पठाइएको थियो पुनः त्यहि पात्रलाई दोहो¥याएर एक पटक फेरि मौका दिउनत भन्ने सम्भावना पनि देखिन्छ ।

दलहरुको घोषणापत्रको पर्खाईमा देखिएजस्तै गरेका मतदाताहरु अन्ततः आफुले चुनेको व्यक्तिले सही काम नगरेमा यसाको दोष मतदाताले लिनै पर्छ । त्यसैले मतदान गर्दा पुनः पुरानै प्रवृत्ति दोहो¥याउने वा नयाँ भन्ने मतदाताहरुले सोच्ने समय आइसकेको छ । भ्रष्ट नभई प्रष्टलाई रोज्न मतदाताहरु चुक्नु हुन्न भने राम्रा उम्मेद्वारको छनौट गर्न सके जनता विवेकी छन् भनेर मूल्यांकन गर्ने अवसर पनि आउने निश्चित छ । चुनिने व्यक्ति सही , प्रष्ट र इमान्दार बने उनीहरुबाट मुलुक काँचुली फेर्न सक्ने आश गर्न सकिन्छ ।

LIVE TV