८ कार्तिक २०७४, बुधबार

प्रदीप

निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन सय ३० वटा विभिन्न थरी मतपत्र छापिने जनाएको छ । आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा हरेक निर्वाचन क्षेत्रमा उम्मेदवार भएजति नै निर्वाचन चिह्न राखेर मतपत्र छाप्ने तयारी गरेको हो ।

निर्वाचन आयोगका अनुसार एक निर्वाचन क्षेत्रभित्र दुईवटा प्रदेशका निर्वाचन क्षेत्र हुने भन्दै हरेक प्रदेशका निर्वाचन क्षेत्रमा उम्मेद्वार र पार्टीको संख्या फरक हुने भन्दै फरकफरक मतपत्र छाप्नुपर्ने छ । प्रत्येक निर्वाचन क्षेत्रमा जति जना उम्मेदवार कायम हुन्छन् त्यति मात्र निर्वाचन चिह्न राखेर मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी गरिएको जनाइएको छ । त्यसैगरि आयोगले उम्मेदवारको संख्याका आधारमा मतपत्र छापिने र निर्वाचनमा भाग नलिएको उम्मेदवारको चिह्न पनि मत पत्रमा नहुने हुँदा बदर मत कम हुने अपेक्षा गरिएको जनाएको छ ।

तर, आयोगले प्रत्यक्षतर्फ उम्मेदवार भएका जति मात्र मतपत्र छाप्ने वैज्ञानिक विधि प्रयोग गरे पनि समानुपातिकमा भने स्थानीय तहमै जस्तो आयोगमा दर्ता भएका दलका आधारमा आयोगले प्रतिनिधिसभा निर्वाचनमा ८८ वटा चिह्न अंकित मतपत्र छापिएको जनाएको छ । ४९ राजनीतिक दलले मात्र समानुपातिक निर्वाचनमा भाग लिनका लागि आयोगमा बन्दसूची पेश गरेपनि दल दर्ता गराएका दलहरुको समेत चिन्ह् छापेपछि आयोगले मतपत्र बदर हुने सम्भावनालाई बढाएको छ । जसका कारण निर्वाचन आयोगले समानुपातिकमा प्रतिनिधिसभाका लागि भन्दा प्रदेशसभाका लागि कम मात्र निर्वाचन चिह्न छापे पनि सबै चिह्नका दलहरु निर्वाचनमा सहभागी नहुँदा आयोगले मतपत्र छपाईमा त्रुटि गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV