८ कार्तिक २०७४, बुधबार
  • दीपक भट्ट

रामेछाप । रामेछापमा बाम गठबन्धनविरुद्ध बागी उठेका तीन जना माओवादी नेताले उम्मेद्वारी फिर्ता लिएका छन् । उनीहरुलाई उम्मेद्वारी फिर्ता लिन काठमाण्डौबाट बुधबार हेलिकप्टर चार्टर गरी रामेछाप पु¥याइएको थियो ।

 

पार्टीले आफूहरुलाई अन्याय गरेको भन्दै तीन जना नेताले बागी उम्मेद्वारी दिएका थिए । प्रदेसभा तर्फ दुई क्षेत्र रामेछाप क र ख मा माओवादीको नेताद्वय हेमन्त पौडेल निकास र मैनकुमार मोक्तान मदनले एमालेका उम्मेद्वारी विरुद्ध बागी उम्मेद्वारी दिएका थिए । त्यस्तै प्रतिनिधि सभा तर्फ पूर्व सभासद लक्ष्मी गुरुङले गृह राज्यमन्त्रीबाट विना विभागीय राज्यमन्त्री बन्नुभएको श्यामकुमार श्रेष्ठविरुद्ध उम्मेद्वारी दिनुभएको थियो ।

बागी उम्मेद्वारीलाई पार्टीले समानुपातिक तथा अन्य निकायमा सम्बोधन गर्ने गरी उनीहरुले उम्मेद्वारी फिर्ता लिएको हो । बागी उम्मेद्वारी दिएका नेता काठमाण्डौमा भएको र उम्मेदवारी फिर्ता गर्ने समय नभएका ती नेतालाई राज्यमन्त्री श्रेष्ठले हेलिकप्टर मार्फत रामेछाप पु¥याई उम्मेद्वारी फिर्ता गर्न लगाइएको हो ।

बाम गठबन्धनमा प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशसभामा एमालेलाई दिने सहमति भएको थियो । अब प्रदेशसभामा एमालेलाई सघाउने र प्रतिनिधि सभामा माओवादीलाई सघाउने बाम गठबन्धनले जनाएको छ । प्रदेशसभा तर्फ एमालेको कैलाश ढुंगेल र शान्ति पौडेल त्यस्तै प्रतिनिधिसभा तर्फ माओवादीका श्यामकुमार श्रेष्ठ चुनावी मैदानमा उत्रने छ ।

LIVE TV