८ कार्तिक २०७४, बुधबार

 

जाकार्ता, इन्डोनेसिया, ८  कात्तिक : इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ ।

स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताउनुभयो ।

भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्
LIVE TV