८ कार्तिक २०७४, बुधबार

हरिशजङ्ग क्षेत्री
महेन्द्रनगर, कंचनपुर

मंगलबार कंचनपुर उद्योग बाणिज्य संघको सभा हलमा कंचनपुर जिल्ला क्रीकेट संघको ५ औं साधारण सभा सम्पन्न भएको छ ।

५ औं साधारण सभाबाट बिरेन्द्र चन्दको नेतृत्वलाई सर्वसम्मत रुपमा स्विकार्दै चन्दलाई अध्यक्षमा चुनिएको छ । कंचनपुरको क्रिकेट संघको पुरै नयाँ कमीटी नै सर्वसम्मत रूपमा गठन गरिएको छ ।

क्रिकेट संघको उपाध्यक्षमा लक्ष्मण भट्ट, सचीवमा आशिष खत्री, कोसाध्यक्षमा भुवन पन्त चुनिएका छ्न ।त्यसैगरी सदस्यहरुमा दीपक राज चालिसे, इन्द्र खरेल, गणेश आग्री, कमलेस कपाडी, लक्ष्मी भट्ट, माया रावत, दीपक ब चन्द, बिरेन्द्र शाह, शुसिला चन्द सिंह, बिनोद क्षेत्री, विशाल सोनार रहेका छन् ।

नेपाल क्रिकेट संघलाई राजनीतिक खिचातानीका कारण आईसीसीले ब्यान्ड गरेको लगाएको लामो समय पछि नेपाल क्रिकेट संघ माथि लागेको प्रतिबन्ध फुकुवा गर्न आईसीसी राजी भएपछि फेरि नेपाल क्रिकेट संघ स्थापित हुन जुरमुराउदै छ् ।

नेपाल क्रिकेट संघले उत्तम कर्मचार्यको संयोजकत्वमा तदर्थ गठित समितिको निर्देशनमा कार्तिक १० गतेभित्र देशका सम्पुर्ण जिल्ला क्रीकेट संघहरुले नयाँ बिधान बमोजिम नयाँ कार्य समिति गठन गर्नुपर्ने र केन्द्रमा डाटा पठाउने निर्देशन भए अनुसार बिरेन्द्र चन्दको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको उपाध्यक्ष लक्ष्मण भट्टले जानकारी गराएका छन् ।

कंचनपुर जिल्ला क्रीकेट संघको ५ औं साधारण सभा कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शेर बहादुर चन्द प्रमुख अतिथि रहेका थिए ।विशिष्ट अतिथिमा निर्माण ब्यवसायी संघका अध्यक्ष गजेन्द्र बहादुर चन्द र कंचनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्ल रहेका थिए ।

जिल्ला कमेटिलाई सर्वसम्मतीमा गठन गर्न निर्वाचन मण्डलका संयोजक अधिवक्ता प्रकाश राज पाठकको समेत भुमिका रहेको थियो ।
साधारण सभामा विभिन्न संचार माध्यमका पत्रकारहरुको समेत उल्लेख उपस्थिति रहेको र कार्यक्रम सभ्य, भब्यताका साथ सम्पन्न भएको कंचनपुर क्रिकेट संघ घोषित नयाँ सदस्य तथा प्रमुख जिल्ला प्रशिक्षक बिरेन्द्र शाहले जानकारी दिएका छ्न ।यस अघि कैलालीमा जिल्ला समिति गठन भैसकेको छ भने बैतडीमा बुधबार नयाँ समिति गठन हुने भएको छ् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV