८ कार्तिक २०७४, बुधबार

हरिशजङ्ग क्षेत्री

काठमाडौ । नेपाली सिनेमा उद्योगकी चर्चित अनुहार नायिका केकी अधिकारी अब फिल्म निर्माता बन्ने भएकी छिन ।
आफुले अभिनय गरेका चलचित्रहरुले खासै सफलता नदिलाए पछि अब केकी अधिकारी फिल्म निर्माणमा अगाडी बढेको अनुमान लगाउन सकिन्छ ।

नायिका केकि आफै कार्यकारी निर्माता भएर चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को निर्माण घोषणा गरेकी छिन् ।
नायिका केकी अधिकारीलाई चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माणमा भद्रबहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रसाद चौलागाईले लगानी लगाएर सहयोग गर्नेछन् ।

चलचित्रलाई शान बस्न्यातले लेखेका हुन भने अहिलेका चर्चित संगीतकार राजनराज शिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बास्कोटाको संगीत रहने छ, गम्भीर बिष्टको कोरियोग्राफी र अर्जुन तिवारीले चलचित्रलाई छायांकन गर्नेछन।

चलचित्रले सपनाको कथालाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई म्युजिक भिडियो निर्देशक कुशल निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने भएका छ्न ।

नायिका केकी आफैंले निर्माण गर्न लागेको चलचित्रमा आफुले पनि प्रमुख भुमरीमा नै अभिनय गर्ने छिन, भने साथमा अहिलेका चर्चित नायिका द्वोय प्रियंका कार्की, ऋचा शर्माका साथै बर्तमान समयका चर्चित हास्य अभिनेता बुद्धि तामाङ्ग, विनोद न्यौपाने, रविन्द्र झा, सुजन कार्की र कुसाग्र भट्टराई लगाएतका नयाँ पुराना पुस्ताका चर्चित कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्र चाडै नै सुटिङमा जाने निर्माण पक्षले जानकारी दिएका छन् ।यस चलचित्रकी कार्यकारी निर्माता केकी अधिकारीले अभिनय गरेको चलचित्र ‘ऐश्वर्य’ यहीँ कार्तिक ९ प्रदर्शनमा आउदै छ । उक्त चलचित्र सुपरहिट हुनेमा केकी बिश्वस्त रहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV