८ कार्तिक २०७४, बुधबार

काठमाडौं । नेपालमा नाबालकको उमेर हद २ वर्ष बढाइएको छ । मुलुकी ऐनअनुसार १६ वर्ष उमेरसम्मलाई नावालक मान्ने गरिएकोमो त्यसमा संशोधन गरी १८ वर्ष बनाइएको हो ।

मुलुकी देवानी संहिता ऐन, २०७४ मा अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउँदै १८ वर्ष उमेरसम्मकालाई नाबालक परिभाषित गरिएको हो ।

मुलुकी ऐनमा भएको पुराना काननी प्रावधानलाई समयअनुसार परिवर्तन गर्दै संसदले मुलुकी देवानी संहिता ऐन, २०७४ पारित गरिसकेको छ ।

बालबालिकालाई घरेलु काममा लगाउन नपाइने कानुनमा पनि सुधार गरिएको छ । अब १४ वर्ष उमेर पूरा गरेका बालबालिकालाई घरेलु सहायकका रुपमा काममा लगाउन पाइनेछ । मुलुकी देवानी संहितामा १४ वर्ष उमेर पुगेकालाई घरेलु सहायकका रुपमा काममा लगाउन पाइने व्यवस्था गरिएको छ । नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV