७ कार्तिक २०७४, मंगलवार

काठमाडौँ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि जिनपिङलाई पार्टीको विधानमा माओ सरहको स्थान दिइएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई नारा बनाउँदै माओ शरहको दर्जा दिएको हो ।

चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको थियो । तेस्रो चरणको विकासले पार्टीको महत्वाकांक्षालाई देशभित्रै र विदेशमा सशक्त रुपमा लागू गराउने संकेत दिइएकोे छ ।

बेइजिङमा जारी पार्टीको महाधिवेशनमा गरिएको घोषणा अनुसार उनको अवधारणालाई सी जिनपिङ विचारधारा भनिने जनाइएको छ । तर, चिनियाँ सरकारी समाचार संस्थाको अकम्युनिष्ट पार्टीको विधानमा उक्त विचारधारालाई समावेश गरिने बलियो संकेत भने पार्टीको अन्तिम सत्रले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV