७ कार्तिक २०७४, मंगलवार

हरिशजङ्ग क्षेत्री

काठमाडौ । अहिलेकी सफल एवम् चर्चित नायिका एकपछि अर्को सफल चलचित्र दिईरहेकी शिल्पा पोखरेल नयाँ चलचित्र ‘आर्या’ मा नव नायक अनुपबिक्रम शाही संगै अनुबन्धित भएकी छिन ।

श्री तिमल्सिना फिल्म प्रोडक्सनको ब्यानरमा साहित्यिक कृति ‘आर्या’ माथि चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको नाम पनि आर्या नै राखिएको छ । उपन्यासकार लक्ष्मण सिटौला द्वारा लिखित ‘आर्या’ उपन्यासलाई धर्मराज श्रेष्ठले चलचित्रमा उतार्न लागेका हुन् ।

श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘आर्या’ लाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गर्ने भएका छन् । चलचित्रलाई दिव्यराज सुवेदीले छायाँकन गर्नेछन, भने राम सिटौलाले चलचित्रका गितहरुमा संगीत भर्ने भएका छन ।

फिल्ममा शिल्पा पोखरेलको प्रमुख भुमिका देखिदै छिन भने अनुपविक्रम शाही, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी र निरञ्जन शर्माको लगाएतका नयाँ पुराना कलाकारहरुको दमदार अभिनय रहने निर्माण पक्षले जानकारी दिएका छन ।

लक्ष्मण सिटौलाले लेखेको उपन्यास ‘आर्या’ ले नेपाली नारीमाथि राणाकालमा हुने गरेको यौन शोषण, ज्यादती र महिला हिंसामा आधारित रहेको छ ।
यो उपन्यासमाथी त्रिभुवन विश्वविद्यालयको डिग्री लेभलमा थेसिस भई अब अमेरिकाबाट अंग्रेजी संस्करणमा समेत प्रकाशन हुन लागेको ।

चलचित्रलाई राजधानी र राजधानी बाहिरका केही स्थानहरुमा छायांकन गरिने र अबको केही साता भित्रै फिल्मको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ । नायिका शिल्पा पोखरेलले अभिनय गरेको ‘मंगलम्’ र युवा नायक अनुप बिक्रम शाहीले अभिनय गरेको ‘रानी’ प्रदर्शनको मुखमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV