७ कार्तिक २०७४, मंगलवार

काठमाडौँ । नेपाल स्टक एक्सेन्ज परिसुचकमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से ० दशमलव ६६ अंकले घटेर १ हजार ५ सय ६७ दशमलव ६४ अंकमा कारोवार भएको छ ।

मंगलवमर १ सय ५९ कम्पनीका १४ लाख ३३ हजार कित्ता खरिद बिक्री भएका छन् । ४६ करोड ९९ लाख ५० रुपैयाँको कारोबार भएको छ । सोमबार ४० करोड रुपैयाँको कारोबार भएको थियो ।

बैंकिङ समूह ९ दशमलव २, ट्रेडिङ समूह ३ दशमलव २९, होटल समूह १४ दशमलव ५७, विकास बैंक समूह ११ दशमलव ६४, जलविद्युत समूह १९ दशमलव ३, वित्तिय समूह १ दशमलव ७८ अंकले घटेका छन् । बीमा समूह २१ दशमलव ९, उत्पादन मूलक समूह ८ दशमलव ९३ र अन्य समूह ४१ दशमलव ९३ अंकले बढेका छन् ।

नेपाल दुरसंचार कम्पनीको ९ करोड १३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार बन्द हुँदा दुरसंचारको सेयर ८ सय ६५ रुपैयाँ छ । मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतले कमाएका छन् । छिमेकी लघुवित्त विकास बैंक र कावेली विकास बैंकका लगानीकर्ताले ३ दशमलव ८० र ३ दशमलव ७७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV