७ कार्तिक २०७४, मंगलवार

नुवाकोट– आउदो निर्वाचनका लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता एवं रामशरण महत भतिजो रमेश कुमार महतको उम्मेदवारी खारेजीको माग सहित उजुरी परेको छ ।

रमेश कुमार महत कृषि विकास वैंक सञ्चालक समितिका सदस्य हुन् । सरकारी नियुक्ति लिएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै एमालेका उम्मेदवार ज्ञानवहादुर तामाङले बिदुर स्थीत निर्बाचन अधिकृतको कार्यालयमा उजुरी हालेका छन् ।

उजुरी परेका महतले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट कांग्रेस तर्फबाट उम्मेदवारी दिएका हुन् ।

निर्वाचन अधिकृत गोपाल लामिछानेका अनुसार सरकारी सुविधा लिइरहेका कारण दोहोरो पद लिन नमिल्ने हुँदा महतको उम्मेदवारी खारेजीको उजुरी परेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV