
पेनाङ । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बसहरु एक आपसमा ठोकींदा आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।
सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।मृत्यु हुनेहरुको नाम खुलाइनसकेको तर प्रहरीले मृतक सवै महिलाहरू रहेको जनाएको छ। यद्यपी नेपाली राजदूतावासले यस घटनाबारे जानकारी दिएको छैन् ।मृत्यु हुनेमा को कति र कुन देशका भन्ने खुलीसकेको छैन ।