६ कार्तिक २०७४, सोमबार
  • सन्तोष

सुनसरी ।  सेवाग्राही सग घुस लिदालिदै इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारी प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीले इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई २० हजार नगदसहित सोमबार प्रक्राउ गरेको हो ।

इलाका प्रशासन कार्यलयका नायब सुब्बा हर्कराज राई, नायब सुब्बा युवराज पोख्रेल र नायब सुब्बा मोहन सुवेदीलाई अख्तियारका डिएसपी मुकुन्द रिजालको टोलीले कार्यालयबाटै रंगेहात प्रक्राउ गरेको हो । वराह क्षेत्र गाविसका एक सेवाग्राहीले सर्टिफिकेट र नागरिकतामा जन्म मिति एक महिनाको फरक भएपछि जन्म मिति सच्याउन पुग्दा उनीसंग २० हजार माग गरेपछि उनले अखितयारमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा डिएसपी रिजालको टोलीले रंगेहात प्रक्राउ गरेको हो ।

सर्टिफिकेट र नागरिकताको जन्म मिति फरक पर्दा भविष्यमा अफ्ठ्यारो पर्ने भन्दै तिहार अगाडि नै नागरिकता सच्याउन गएका ती सेवाग्राहीलाई २० हजार माग गरेको र ती सेवाग्राहीले अख्तियारमा उजुरी दिएका कारण छापा मार्ने क्रममा तीनै जनालाई रंगेहात प्रक्राउ गरिएको अख्तियारका डिएसपी मुकुन्द रिजालले बताउनुभयो ।

प्रक्राउ पर्ने तीनै जनालाई कानुनी कारबाही अगाडि बढाइने भएको छ । उनीहरुलाई मंगलबार काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रधान कार्यालय पु¥याइने र प्रक्रिया अनुरुप कारबाही अगाडि बढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV