६ कार्तिक २०७४, सोमबार

प्रेम

अर्घाखाँचीको नरपानीमा सोमबार जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाईते भएका छन् ।

लु १ च ६७६६ नम्वरको जिप सडकदेखि सय मिटर तल खसेको जनाईएको छ । दुर्घटनामा गुल्मी पुर्कोटदहकी ३३ वर्षीया शारदा केसीको मृत्यु भएकोे जिल्ला प्रहरी प्रमुख डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो ।घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ  । जिप सडकबाट करिब १०० मिटर तल खसको थियो ।   दुर्घटनापछि चालक फरार छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV