५ कार्तिक २०७४, आईतवार

निमेन्द्र शाही

आइतबार बाजुरा जिल्लामा भने फरक दृश्य देखियो । ठूला दलले बाजागाजाका साथ उम्मेद्वारी दिन जिल्ला निर्वाचन कार्यालय धाउँदै गर्दा साना दलका उम्मेद्वारहरुले भने समर्थक र प्रस्तावक नै पाउन सकेनन् । मनोनयन दर्ताको समय सकिनै लाग्दा कोही प्रस्ताव र समर्थक नपाएपछि आफनै श्रीमतिलाई प्रस्तावक बनाएर मनोनयन दर्ता गराएका हुन् ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर दुईका उम्मेद्धार प्रकाश किलले आफ्नो उम्मेद्वारीका लागि समर्थक र प्रस्तावक नपाएपछि आफ्नी श्रीमतीलाई बोलाएर प्रस्तावक राखेर मनोनयन दर्ता गराएका छन् । बाजुरा जिल्लामा पाँच दल र एक स्वतन्त्र सहितले उम्मेद्वारी दर्ता गरेका छन्। नेकपा माओबादी केन्द्रले नेकपा एमालेका सबै उम्मेद्धारलाई समर्थन गरेको छ ।

नेपाली काग्रेसको तर्फबाट संघको लागि कबिराज पण्डित र प्रदेशको निर्वाचन क्षेत्र नं एकका लागि जनक गिरी र क्षेत्र नं दुईका लागि पदमबहादुर शाहीले शुरुमा उम्मेद्धारी दर्ता गरेका हुन् । त्यस्तै बाम गठबन्धनको तर्फबाट संघका लागि नेकपा एमालेका लालबहादुर थापा, प्रदेश सभाको लागि निर्वाचन क्षेत्र नं एकका लागि बल्देब रेग्मी र क्षेत्र नं दुईका लागि प्रकाश शाहले उम्मेद्धारी दर्ता गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक) बाट संघमा उम्मेद्वारी परेको छैन भने प्रदेश निर्वाचन क्षेत्र नं १ का लागि कान्त बहादुर शाही र क्षेत्र नं दुईका लागि बिरबहादुर हमाल रहेका छन् । नयाँ शक्तिको तर्फबाट प्रतिनिधि समाभा दिलिप शाही र प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर एकमा नरेन्द्र बिक कामी र दुईमा सुज्ये चदारालाई उम्मेद्धार बनाएको छ ।

त्यस्तै एकीकृत राप्रपा राष्ट्र बादीका तर्फ बाट प्रदेश सभाको लागि क्षेत्र नं दुईमा मात्र प्रकास बिकले उम्मेद्धारी दर्ता गरेका छन् । त्यस्तै प्रदेश शभाका लागि टिकाराज गिरीले निर्वाचन क्षेत्र नं एकका लागि स्वतन्त्र उम्मेद्धारी दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV