५ कार्तिक २०७४, आईतवार

वासिङटन । अमेरिकी गुप्तचर संस्था सीआईएले उत्तर कोरियन सर्वोच्च नेता किम जोन उन बौद्धिक खेलाडी रहेको बताएको छ । किम जोनको ध्यान शक्तिमा रहनु रहेको सीआईएले बताएको छ । सीआईएले यदि कुनै दिन उनी कामको लागि नउठेमा अमेरिकालाई उनको मृत्युको विषयमा केही नसोध्न आग्रह गरेको छ ।

सीआईका प्रमुखसँग सोधिएको एक प्रश्नको क्रममा माइक पेम्पियोले यस्तो बताएका हुन् । यदि अचानक किम जोन उनको मृत्यु भयो भने के हुन्छ ? भनी उनीलाई सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले भने, “म पूरा सम्मानको साथ के भन्न चाहन्छु भने यदि किम जोन उनको मृत्यु भयो भने सीआईएको इतिहासलाई मध्यनजर गर्दै म यसमा केही बोल्दिन ।”

केही समयअघि उत्तर कोरियाले सार्वजनिक गरेको विवरणमा अमेरिकाले सर्बोच्च नेता किमको हत्याको प्रयास गरेको उल्लेख गरिएको थियो । यस्तोमा सीआईका प्रमुख पेम्पियोले यदि दुर्घटना नै भएर उनको मृत्यु भएछ भने पनि कसले पत्याउँछ भन्दै प्रतिपश्न गरे ।

अमेरिकी गुप्तचर संस्थाको इरान, क्युवा, कंगो, भियतनाम र चिलीजस्ता विश्वका धेरै मुलुकहरुका नेता हटाउने योजनामा सामेल भएको वा उनीहरुको हत्या गरेको नराम्रो इतिहास रहीआएको छ । सीआईएका अनुसार उत्तर कोरिया अबको केही महिनामा परमाणु हतियारको क्षमता पूरा गर्ने दिशामा अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV