५ कार्तिक २०७४, आईतवार

समानुपातिकका उम्मेदवारले प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न नपाउने


काठमाडौँ । पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।

मनोनयन दर्ता कार्यक्रम आज बिहान १० देखि अहिले साँझ ५ बजेम्म चलेको र केही जिल्लामा भने मनोनयत दताको कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराएका छन् ।

प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन आवश्यक रहने छ । प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था रहेको छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई मनोनयन पाइने छैन ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोकमा निर्वाचन हुने छ । यस्तै दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि पहिलो चरणमा निर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV